Like us!
Follow us!
Connect us!
Watch us!

पदभारग्रणकै दिन सुशीला कार्कीको राजीनामा माग, मन्त्री नियुक्तिमा असन्तुष्टि

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, ०७ : १८ मा प्रकाशित

पदभारग्रणकै दिन सुशीला कार्कीको राजीनामा माग, मन्त्री नियुक्तिमा असन्तुष्टि

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण गरेकै दिन राजीनामा माग गरिएको छ । उनलाई प्रधानमन्त्री नियुक्त गर्नु पर्ने मध्यकै एक समूहरुले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अघि नाराबाजी गर्दै राजीनामा माग गरेको हो । 

मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि मध्येराती नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका छन् । नाराबाजिमा पुगेका गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार मात्रै प्रधानमन्त्री नियुक्त भएर आइतबार पदभार ग्रहण गरेकी थिइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको