Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको पदभारमा जंगिदै शालिकरामले भने– तपाइ हाम्रै आन्दोलनबाट मन्त्री बन्नु भएको हो, कुरा सुन्नुहाेस्

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, १४ : ४७ मा प्रकाशित

अर्थमन्त्रीको पदभारमा जंगिदै शालिकरामले भने– तपाइ हाम्रै आन्दोलनबाट मन्त्री बन्नु भएको हो, कुरा सुन्नुहाेस्

नवनियुक्त अर्थमन्त्री रामेश्वर प्रसाद खनालले पदभार ग्रहण कार्यक्रममा पर्वतका शलिकराम पौडेल जंगिए । सोमबार पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारी र सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रममा पुगेको पौडेलले अहिलेका सचिव फर्न आग्रह गर्दै जंगिएका हुन् । 

उक्त कार्यक्रममा उमेरले पाका देखिने पौडेल अर्थमन्त्री खनालले आफ्ना कुरा राखुन्जेल सुनेर बसे । कुरा राखेर सके पछि भने उनी अघि बढे । ‘आफ्ना कुरा पनि केही राख्नुछ’ भन्दै अर्थमन्त्रीको छेवैमा पुगेका उनले अर्थसचिव घनश्याम उपाध्यायको कार्यशैलीमाथि प्रश्न उठाए ।

‘यो अर्थ मन्त्रालयबाट अहिलेको बजेट ल्याउँदा अर्थसचिव उहाँ (घनश्याम उपाध्यायतर्फ औंला देखाउँदै) नै हो नि, हैन ? यो देशमा ७७ जिल्ला छन् कि ७ वटा जिल्ला छन् ? तपाईं यही अर्थमा बसेर ७ वटा जिल्लाको मात्रै बजेट ल्याएको मान्छेले अहिले यो बजेट कसरी टिकायो ?,’ उनको प्रश्न गरे । 
उनलाई सुरक्षाकर्मीले रोक्न खोजे । अर्थमन्त्रीले उपाध्यायलाई सोधे– उहाँ को हो ? सचिव उपाध्यायले जवाफ दिए– खै, मलाई थाहा छैन । बीचमै अर्थमन्त्रीले भने, ‘त्यो म मिलाउँला, हेरौंला ।’ अर्थमन्त्री खनालले त्यसबारे अहिले नै निर्णय भइसकेको बताए । अर्थमन्त्री खनालले आजै आफूले गरेको निर्णयको आशय त्यही भएको उनलाई बताएका थिए ।

‘त्यो निर्णय भइसकेको छ, म पछि हेरौंला,’ अर्थमन्त्रीको जवाफ थियो । पौडेललाई सुरक्षाकर्मीले रोक्दै बाहिर लान खोजे । ‘सुन्नुस्, हाम्रो पनि कुरा छन् यहाँ । हामीले पनि आन्दोलन गरेका हौं । हामी त्यसै आएका हौं र ? तपाईं त्यसै मन्त्री भएको हो र ?,’ उनको आक्रोश थियो । त्यस क्रममा सुरक्षाकर्मीले थप रोक्न खोज्छन् । उनी पख्नुस् भन्दै आफ्ना कुरा राख्न छाड्दैनन् । उनले सुरक्षाकर्मीकै बीचमा भने– पहिला उहाँलाई फेर्नुपर्छ, कहिले फेर्ने हो, फेर्नुस् । अर्थमन्त्रीले कार्यक्रम सकौं भन्दै उभिन्छन् । सोही बीचमा अर्थमन्त्री खनालले हजुरको नाम के हो भन्दै हात मिलाउन खोज्छन् ।
हक्की स्वभावका पौडेलले अर्थमन्त्रीसँग हात मिलाउँदै परिचय दिए– शालिकराम पौडेल, पर्वत । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको