Like us!
Follow us!
Connect us!
Watch us!
के हो चाँगुनारायण नगरपालिकाको विवाद ?

चार दिन देखि रोकिएको मत गण्ना अझै सुरु भएन

मंगलबार, ०९ जेठ २०७४, १८ : ५२ मा प्रकाशित

चार दिन देखि रोकिएको मत गण्ना अझै सुरु भएन

अर्थ संसार, 
 
भक्तपुर , चार दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना पुनःसञ्चालन गर्न आज बसेको सर्वपक्षीय बैठकबिना निष्कर्षमा टुङ्गिएपछि चाँगुनारायण नगरपालिकाको मतगणना अझै अन्योलमा छ ।
 
निर्वाचन अधिकृतको कार्यालय चाँगुनारायणका अनुसार निर्वाचन आयोगले पठाएको निर्देशनानुसार मतगणना प्रक्रिया पुनःसञ्चालन गर्नका लागि आज बसेको सर्वपक्षीय बैठकमा सहमति हुन नसकेपछि अझै मतगणना सुरु हुन नसकेको हो ।
 
प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा, प्रअिज द्रोण पोखरेल, सबै दलका उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा आज चार घन्टा लामो छलफल भए पनि सहमति नभएको कार्यालयले जनाएको छ ।

गत शुक्रबार वडा नं ४ को मतगणना सम्पन्न गरी मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा कर्मचारीले मतगणना पारदर्शी नभएको र नेकपा(एमाले)को उम्मेदवारलाई मत थप गरेर जोडेको भन्दै एमालेबाहेकका अन्य दलले विरोध गरेपछि मतगणना रोकिएको थियो ।
 
निर्वाचन आयोगले सोमबार साँझ वडा नं १ र २ का हकमा पुन मतगणना हुन नसक्ने तर ३ र ४ का हकमा भने दलको सहमतिमा पुनःमतगणना गर्न सकिने भन्दै पत्र पठाएपछि आज बसेको बैठकमा दलबीच सहमति हुन नसकेको हो ।
 
आजको बैठकमा पनि एमालेबाहेकका दलले वडा नं ३ र ४ को मतगणना पुनः गर्नुपर्ने पुरानै मागमा अडान लिएको र एमालेले पुनः मतगणना गर्दा वडा नं १ देखि नै गर्नुपर्ने नत्र ३ र ४ मात्रै गन्न नदिने अडान लिएपछि चार घन्टा लामो छलफल निष्कर्षमा नपुगेको दलका प्रतिनिधिले जानकारी दिएका छन् ।

प्रजिअ द्रोण पोखरेलले दलबीच सहमतिको प्रयास जारी रहेको र आजै पनि पुन ः छलफल हुन सक्ने बताउनुभयो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको