Like us!
Follow us!
Connect us!
Watch us!

प्रमुख दलबीच कुरा नमिल्दा संसद् बैठक स्थगित

मंगलबार, ०९ जेठ २०७४, २१ : ०० मा प्रकाशित

प्रमुख दलबीच कुरा नमिल्दा संसद् बैठक स्थगित

अर्थ संसार, 

काठमाडौँ-प्रमुख दलहरुबीच सहमति हुन नस्क्दा व्यवस्थापिका–संसद्को बैठक अन्तिम समयमा आएर नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । 

संसद् सचिवालयले सूचनामार्फत बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिएको छ । बैठक सञ्चालन गर्ने विषयमा प्रमुख दलहरुबीच सभामुख ओनसरी घर्तीको पहलमा बैठक आयोजना गरिएको भए पनि आ–आफ्नै अडानमा कायम रहेका कारण कुनै निष्कर्ष निस्कन सकेन । 

सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) , नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गराउनु भएपनि एमालेको हठका कारण बैठक कुनै निष्कर्ष पुग्न नसकेको छलफलपछि नेताहरुले जानकारी दिईन् । 

सरकारले सोमबार तराई मधेसका क्षेत्रमा बढाएको स्थानीय तह फिर्ता हुनुपर्ने एमालेको माग रहेको छ । तराई मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागी गराउने लक्ष्यका साथ सरकारले स्थानीय तहको सङ्ख्या बढाएको बताउँदै आएको छ । 

प्रमुख प्रतिपक्षीले संसद् अवरोध गर्ने धम्की दिएपछि प्रधानमन्त्रीले सदनलाई गर्न लाग्नुभएको विशेष सम्बोधनसमेत रोकिएको छ । प्रधानमन्त्रीले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको र त्यसमा आम नेपाली जनताको उल्लेख्य सहभागितासहित सम्पन्न पारेको बधाई दिँदै सम्बोधन गर्ने तयारी गर्नुभएको थियो । 

प्रमुख सत्तारूढ दल काँग्रेससँग भएको सहमतिअनुसार प्रधानमन्त्रीबाट राजीनामा दिनेसमेत उहाँको तयारी थियो । संसद् बैठक नै चल्न नसकेपछि प्रधानमन्त्रीको सम्बोधनसमेत रोकिएको र एमालेको त्यस खालको कार्य गैरसंवैधानिक र संसदीय मूल्य र मान्यताविपरीत रहेको नेपाली काँग्रेसका सचेतक चीनकाजी श्रेष्ठको भनाइ छ । 

परराष्ट्रमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) बीच भएको सहमतिअनुसार नै सामान्यरुपमा सरकार परिवर्तन हुन लागेको बताए ।  उनले प्रमुख प्रतिपक्षीले गैरराजनीतिक चरित्र देखाएको र संसद् अवरोध गरेर अराजनीतिक व्यवहार देखाएको बताए । 

नेकपा ९एमाले०का प्रमुख सचेतक भानुभक्त ढकालले भने आफूहरुको सहमति विपरीत सरकारले स्थानीय तह थप गरेकाले आफूहरुले विरोध गरेको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको