Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर महानगरको मतगणना पुनः सुरु, काँग्रेसको अग्रता

मंगलबार, ०९ जेठ २०७४, २१ : ३० मा प्रकाशित

ललितपुर महानगरको मतगणना पुनः सुरु, काँग्रेसको अग्रता

अर्थ संसार,
काठमाडौं आज दिनभर स्थगित भएको ललितपुर महानगरपालिकाको मतगणना पुनः शुरु भएको छ ।  दलहरु विच सहमति भऐपछि पुन मतगणना शुरु भएको हो ।  

निर्वाचन आयोगका प्रतिनिधि, एमाले सहित अन्य दलका प्रतिनिधीबीच सहमति जुटेपछि दिनभर स्थगित भएको मतगणना राती ८ बजेतिर सुरु भएको हो ।

पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा नेपाली कंग्रेसका चिरीबाबु महर्जनले  २४ हजार ३ सय २८ मत सहित अग्रता कायम गर्नुभएको छ ।

उहाँलाई पछ्याउदै एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार १ सय १४ मत प्राप्त गर्नुभएको छ । साझा पार्टीका उम्मेद्वारले  भने १३ हजार ५ सय ९६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुख तर्फ नेपाली कंग्रेसकी गीता सत्यालले १९ हजार ४१ मत सहित अग्रता कायम गर्नुभएको छ । साझा पार्टीकी शोभा शाक्यको १३ हजार ३ सय २९ मत रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको