Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर महानगरमा कांग्रेसका महर्जन विजयी

बुधबार, १० जेठ २०७४, ०७ : ४० मा प्रकाशित

ललितपुर महानगरमा कांग्रेसका महर्जन विजयी

अर्थ संसार, 

ललितपुर,ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गरेका छन् । 

नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी  दिए । 

महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पारेका थिए ।  प्रमुख पदका उम्मेदवार एमालेका ब्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त  गरेका थिए ।  

त्यसैगरी, उपप्रमुख पदमा नेपाली काँग्रेसका गीता सत्यालले १९ हजार ८१९ मत प्राप्त गरी विजयी गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यलाई पाँच हजार ५७९ मतले पछाडि पारे । शाक्यले १४ हजार २४० मत प्राप्त गरेका थिए । महानगरको निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको