Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा एक साता निषेधाज्ञा थप, अब अलि खुकुलो

अर्थ संसार

बुधबार, १९ जेठ २०७८, १४ : ५७ मा प्रकाशित

उपत्यकामा एक साता निषेधाज्ञा थप, अब अलि खुकुलो

काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साताका लागि लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले थप एक साता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

अब अलि सहज गरिने भएकाे छ । थपिएको निषेधाज्ञामा किराना पसल र र डिपार्टमेन्ट स्टोर पनि बिहान ९ बजेसम्म खाेल्न पाइने भएकाे छ । यसका साथै, निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने व्यवस्था गरिएको छ ।

वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट थप कडा पारिएको थियो । अब जेठ २१ गतेदेखि केही सहज गरि पुन १० दिन थप्ने निर्णय गरिएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको