Like us!
Follow us!
Connect us!
Watch us!

दशैँ मान्न घर जानेकाे लर्काे, चार दिनमा दुई लाख ५९ हजारले उपत्यका छाडे

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, १४ : ३२ मा प्रकाशित

दशैँ मान्न घर जानेकाे लर्काे, चार दिनमा दुई लाख ५९ हजारले उपत्यका छाडे

दशैँ लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ९ गतेदेखि असाेज १२ गतेसम्म ४ दिनकाे अवधिमा दुई लाख ५९ हजार १४७ जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । 

शनिबार यो संख्या झनै बढ्ने आँकलन गरिएको छ । आज शुक्रबारपछि दशैँको सार्वजनिक बिदा सुरु हुने भएकाले यो अवधिमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या अझै धेरै हुने ठानिएको छ । 

यसपटक दशैँको बेला झन्डै २० लाखले उपत्यका छाड्ने आँकलन गरिएको छ । 

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको