Like us!
Follow us!
Connect us!
Watch us!

२०.१२४% लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टले डाक्याे विशेष साधारण सभा

अर्थ संसार

बुधबार, २६ जेठ २०७८, १३ : ३८ मा प्रकाशित

२०.१२४% लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टले डाक्याे विशेष साधारण सभा

सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे जेठ २५ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार १० गते, बिहीबार तीनकुनेस्थित न्यौपानेटावरको पाँचौ तल्लाको हलमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

विशेष साधारण सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजीको १९.११८ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयाेजनका लागि १.००६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी,सभामा हालको जारी तथा चुक्ता पूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पूँजीको अनुपात मिलान गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशाेधन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c07546aebc7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको