Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तम सिमेन्ट: साधारण सभामा आगामी योजनाहरू र लाभांश वितरणका निर्णयहरू पारित

अर्थ संसार

शुक्रबार, २६ पुस २०८१, २१ : २८ मा प्रकाशित

सर्वाेत्तम सिमेन्ट: साधारण सभामा आगामी योजनाहरू र लाभांश वितरणका निर्णयहरू पारित

सर्वाेत्तम सिमेन्ट लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, ७% बोनस सेयर र ३% नगद लाभांश घोषणा

सर्वाेत्तम सिमेन्ट लिमिटेडको छैटौँ वार्षिक साधारण सभा आज मिति २०८१ मंसिर २६ गते रुपन्देही जिल्ला, सिद्धार्थ नगरपालिका, भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको छ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणलाई अनुमोदन गरेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।

सभाले कम्पनीले आफ्नो चुक्ता पुँजीको ७% का दरले हुन आउने रु ३२ करोड ५५ लाख बराबरको बोनस सेयर र चुक्ता पुँजीको ३% का दरले हुन आउने रु १३ करोड ९५ लाख नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

कम्पनीको यो निर्णयसँगै सेयरधनीहरूले कुल १०% लाभांश पाउने भएका छन्। कम्पनीले वितरण गर्न लागेको बोनस सेयर र नगद लाभांशले सेयरधनीहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरिएको छ।

साधारण सभामा कम्पनीका सञ्चालक, लगानीकर्ता, र अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति थियो। सभाले कम्पनीका आगामी योजनाहरूलाई थप सशक्त बनाउँदै उत्पादन क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

सर्वाेत्तम सिमेन्ट लिमिटेड नेपालको सिमेन्ट उद्योगमा उच्च गुणस्तरीय उत्पादन र व्यवसायिक सुदृढताका लागि परिचित अग्रणी कम्पनी हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको