Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा, २२ तोला सुन

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, १४ : ०७ मा प्रकाशित

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा, २२ तोला सुन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम उनले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । राई अहिले प्रदेश नंं १ का सामाजिक विकासमन्त्री छन् ।

यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार तामाङ दम्पतीका १४ ठाउँमा जग्गा छ । उनका नाममा अंशवापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका ११ ठाउँमा छ । श्रीमती राईका नाममा गोकर्णेश्वर नगरपालिका वडा न - ८ मा तीन आना जग्गामा बनेको अढाइतले घर छ । यस्तै मन्त्री तामाङसँग २२ तोला सुन र रु पाँच लाखको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सुन पुर्ख्याैली र खरीद गरिएको दुवैथरि छ । (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको