Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डको गल्तीले सेयर बजार घट्यो, लगानीकर्ता आत्तिनु पर्ने अवस्था छैन : छोटेलाल रौनियार

अर्थ संसार

सोमबार, ०७ असार २०७८, १५ : ५४ मा प्रकाशित

बोर्डको गल्तीले सेयर बजार घट्यो, लगानीकर्ता आत्तिनु पर्ने अवस्था छैन : छोटेलाल रौनियार

समग्र बजार सकारात्मक माहोलमा चलिरहेको अवस्थामा एउटा विज्ञप्तिले गर्दा बजार उथलपुथल भइ खलबलिएको  इन्भेस्टर्स फोरमका अध्यक्ष, लगानीकर्ताका नेता एवमं विश्लेषक छोटेलाल रौनियारले बताएका छन् ।  बजारलाई स्वतन्त्र छाड्नु पर्नेमा बोर्डले नियन्त्रणमा लिन खोजेको उनी बताउँछन् ।

बोर्डको विज्ञप्तिले गर्दा पैसा लिएर बसेका लगानीकर्ताहरूले पनि लगानी नगरेका उनले बताए । लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा बसेका र सानातिना लगानीकर्ताहरू विज्ञप्तिपश्चात् डराएको उनी बताउँछन् । नाफा बुक गर्नेहरूले नाफा बुक गरेका उनको भनाइ छ । 

यी कुराहरूले गर्दा बजार घटेको भएपनि अब केही दिनमा बजार फेरि उकालो लाग्ने हुनाले डराउनु पर्ने अवस्था नरहेको उनले बताए । अहिले सेयर बजारको मुख्य समय आउन थालेको हुनाले धेरै दिन बजार नघट्ने उनको भनाइ छ । अहिले सेयर बजारको बाली पाक्ने समय भएको उनी बताउँछन् । बैंक र इन्स्योरेन्सहरूको कमाइ राम्रो रहेको र जलविद्युत कम्पनीहरूले पनि हकप्रद निष्कािसन गर्ने कुराहरू आइरहेको हुनाले बजार बलियो हुने उनको भनाइ छ । यी सबै कुराहरूहरूले गर्दा आफूले सेयर बजार सकारात्मक देखेको उनले बताए ।

बैंकको व्याजदर बढेको भएपनि सेयर बजार घट्ने थियो भन्दै उनले आउँदो ६-७ महिना व्याजदर बढ्ने सम्भावना नदेखिएको बताए  । हाल संसारभर नै सेयर बजारले नयाँ नयाँ रेकर्ड बनाइरहेका बताउँदै सेयर बजार लामो समयसम्म नघट्ने उनी बताउँछन् ।

आफूसँग राम्रो कम्पनी छ भने बजार घटेपनि खासै प्रभाव नपर्ने उनको भनाइ छ । बजारलाई बढ्न केही कुराले नरोक्ने बताउँदै उनले सबै लगानीकर्तालाई राम्रो कम्पनी छनोट गरी ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । उनका अनुसार अहिले सेयर बजारमा सेयर खरिद गर्ने एकदमै सुनौलो अवसर हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिले गर्दा गत बुधबारदेखी घट्दै आएकाे सेयर बजारले साेमबार पनि ओरालाे यात्रालाई नै निरन्तरता दिएकाे छ । साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेकाे छ । नेप्से २.४५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक ८.३७ अंकले घटेर ५२०.१८ विन्दुमा पुगेको छ । कूल २२७ वटा कम्पनीकाे २ कराेड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको