Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रार नियुक्त

अर्थ संसार

विहीबार, १० असार २०७८, १३ : २२ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रार नियुक्त

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र रजिष्ट्रार नियुक्त गरेकाे छ । बैंककाे ऋणपत्र रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको हाे ।  

बैंकले जेठ २५ गते, मंगलबारबाट  जेठ २८ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको  ६ वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।   

अब उप्रान्त ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत हुनेछ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d43971e296e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको