Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको कर्जामा चाडपर्व लक्षित अफर, ६.३० प्रतिशतमा ५ करोड सम्म घर कर्जा

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १८ : २२ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको कर्जामा चाडपर्व लक्षित अफर, ६.३० प्रतिशतमा ५ करोड सम्म घर कर्जा

राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैंकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६.३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ । 

यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष अवधिको ६ दशमलव १० प्रतिशत व्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६.८० प्रतिशत व्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ । 

चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीहरुलाई सहज होस भन्ने उद्धेश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको