केटिएम हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
यो चितवनको सौराहास्थित पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’को सञ्चालक पनि हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १५ करोड ५० लाख रुपैयाँबराबरको कुल १५ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीले चितवनको सौराहामा कुल एक अर्ब ७० करोड पाँच लाख रुपैयाँको लागतमा रिसोर्ट निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस