Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि मर्चेन्ट बैंकिङले डाक्यो साधारणसभा, लाभांश पारित गरिने

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, ०८ : ३० मा प्रकाशित

आरविवि मर्चेन्ट बैंकिङले डाक्यो साधारणसभा, लाभांश पारित गरिने

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले आगामी असोज १८ गते साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको भदौ २४ गतेको बैठकले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा असोज १८ गते दिउँसो २ बजेका लागि साधारणसभा बोलाएको होे।

गत आव ०८०/८१ को मुनाफाबाट कम्पनीको चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने यसअघिको प्रस्ताव साधारणसभाबाट पारित गर्ने एजेण्डा राखिएको छ।

साथै वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण पारित गरिने छ भने चालु आवका लागि बाह्य लेखापरीक्षक नियुक्ति पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ। यो राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको