Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर : करिब २ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?

अर्थ संसार

शनिबार, १९ बैशाख २०८३, ०८ : ५९ मा प्रकाशित

साताको सेयर : करिब २ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?

यो साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७८८.७० विन्दुमा बन्द भएको नेप्से, यस साता १.७९ प्रतिशत अर्थात ४९.९८ अंक घटेर २७३८.७२ विन्दुमा बन्द भएको हो ।

यस साता चार कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ३.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ८७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब २९ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ ।  गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.९० प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ८.७२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३.६४ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ५६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८५ अर्ब रुपैयाँ घटेर ४६ खर्ब ७१ अर्ब रुपैयाँमा सीमित भएको छ । यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक ३.७६ प्रतिशत घटेको हो । गत साता ३९९९.६७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १५०.२५ अंक घटेर ३८४९.४२ विन्दुमा झरेको छ । त्यस्तै, यस साता विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा कम ०.४४ प्रतिशत घटेको छ ।

अंकका आधारमा यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २७८.३५ अंक घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२० अंक घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको