Like us!
Follow us!
Connect us!
Watch us!

इन्धनको मूल्यवृद्धिले मारमा आन्तरिक उडान, सहुलियत माग गर्दै सरकारलाई गुहार वायुसेवा कम्पनी

अर्थ संसार

आइतबार, २० बैशाख २०८३, २१ : २१ मा प्रकाशित

इन्धनको मूल्यवृद्धिले मारमा आन्तरिक उडान, सहुलियत माग गर्दै सरकारलाई गुहार वायुसेवा कम्पनी

आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरू अहिले सञ्चालन खर्चको चापले थिचिँदै गएका छन् । हवाई इन्धनको मूल्य लगातार बढ्दै गएपछि व्यवसाय नै धान्न कठिन हुँदै गएको उनीहरूको गुनासो हुन् । 

वायुसेवा सञ्चालक संघले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस) लाई पत्र लेख्दै तत्काल सहुलियतका उपायहरू आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराएको छ । संघले हालको परिस्थितिले वायुसेवा क्षेत्र गम्भीर संकटतर्फ धकेलिँदै गएको उल्लेख गरेको छ ।

संघका अध्यक्ष प्रदीप जंग पाण्डेका अनुसार कोभिड–१९ महामारीपछि क्रमशः पुनर्जीवित हुँदै गएको पर्यटन क्षेत्र फेरि विभिन्न बाह्य तथा आन्तरिक कारणले दबाबमा परेको छ । विशेषगरी गत २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलन र त्यसपछि मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा समेत असर परेपछि हवाई इन्धनको मूल्य अस्वाभाविक रूपमा बढेको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको