Like us!
Follow us!
Connect us!
Watch us!

पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भए पनि जनताको विश्वास छ

आइतबार, १४ जेठ २०७४, २० : ०० मा प्रकाशित

पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भए पनि जनताको विश्वास छ

अर्थ संसार, काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी गरिए पनि स्थानीय तहको निर्वाचनमा जनताले एमालेप्रति विश्वासले पार्टीले उचाइ लिएको बताउनुभएको छ । 

पार्टी निकट युवा सङ्घ नेपालले आयोजना गरेको दोस्रो चरणको निर्वाचन केन्द्रित युवा परिचालन अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले जनताले निर्वाचनमा पार्टीलाई गरेको विश्वास र भरोसालाई कायम राखी इमान्दारीका साथ जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलको सहकार्य र समन्वयमा दोस्रो चरणको स्थानीय तहका साथै प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न गर्नुपर्ने विचार व्यक्त गर्दै देशमा सङ्क्रमणकालको अन्त्य गर्न निर्धारित समयमा सबै तहको चुनाव गर्नुपर्ने र त्यसका लागि राजनीतिक दल एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

पार्टीका उपाध्यक्ष वामदेव गौतमले निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयन भएपछि देशमा आर्थिक गतिविधिमा वृद्धि भई गरिबी तथा पछौटेपनाको न्यूनीकरण हुने र जनतालाई समृद्धशाली बनाउन सकिने बताउनुभयो । 

पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीयवासीका समस्यालाई आफ्नो पार्टीले प्राथमिकतामा राखेर समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । 

पार्टीका नेता सानु श्रेष्ठ तथा युवा सङ्घका अध्यक्ष राजीव पहारीले जनप्रतिनिधिलाई 
भ्रष्टाचारमुक्त भई आधुनिक सहर बनाउन सुझाव दिँदै निष्पक्ष चुनाव सम्पन्न गर्नका लागि देशका विभिन्न स्थानमा युवा परिचालन गर्न लागिएको जानकारी गराउनुभयो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको