Like us!
Follow us!
Connect us!
Watch us!

लेखनाथ महानगरपालिकाका नवनिर्वाचितले  लिए पद तथा गोपनीयताको शपथ ग्रहण

आइतबार, १४ जेठ २०७४, २० : ३४ मा प्रकाशित

लेखनाथ महानगरपालिकाका नवनिर्वाचितले  लिए पद तथा गोपनीयताको शपथ ग्रहण

अर्थ संसार, पोखरा - पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष एवम् सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

जिल्ला समन्वय समितिको सभाकक्षमा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र ३३ वटै वडाका अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । 

सोही अवसरमा महानगर प्रमुख जिसीले वडा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले प्राकृतिक रुपमा सुन्दर पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउन नवनिर्वाचित जनप्रतिनिधिको भूमिका महत्वपूर्ण बन्ने बताउनुभयो । 

नगर प्रमुख जिसीले महानगरलाई सुशासनयुक्त बनाउनेमा जोड दिँदै महानगरको विकासका लागि सम्बद्ध सबैको सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले महानगरभित्र महानगरपालिकाको तर्पmबाट सामाजिक सुरक्षा भत्तामा १० प्रतिशत वृद्धि गर्ने बताउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र स्थानीय विकास अधिकारी बलराम ढकालको समेत उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको