Like us!
Follow us!
Connect us!
Watch us!

सहमतिको प्रयास जारी राख्न चार दल एकमत

आइतबार, १४ जेठ २०७४, २१ : ४२ मा प्रकाशित

सहमतिको प्रयास जारी राख्न चार दल एकमत

अर्थ संसार, काठमाडौँ  - प्रमख तीन दल र आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) बीच आज भएको बैठक सहमतिका लागि थप छलफल गर्ने निष्कर्षसहित टुङ्गिएको छ । 

संविधान संशोधन, दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संविधान संशोधनका पक्षमा दुईतिहाई बहुमत पुग्न कठिन रहेको र स्थानीय तहको दोस्रो निर्वाचनको मिति नजिकै आएकाले निर्वाचनपछि संविधान संशोधन पारित गरेर अघि बढ्ने गरी निर्वाचनमा सहभागी हुन राजपाका नेताहरुलाई आग्रह गर्नुभएको थियो । 

बैठकमा राजपाका नेताहरुले आफ्नो मुख्य चासो प्राविधिक विषयमा भन्दा पनि संविधान संशोधनमै रहेकामा जोड दिँदै संविधान संशोधन विधेयक पारित हुने वातावरण बनाउन प्रमुख तीन दललाई आग्रह गर्नुभएको थियो । 

छलफलमा प्रमुख प्रतिपक्षी दलनेकपा९एमाले०का नेताहरु दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन विधेयकलाई अघि बढाउन सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिनुभयो । अनौपचारिक छलफलपछि छिट्टै चार दलको बैठक बसेर सहमतिका लागि प्रयास गरिने सल्लाहकार खनालले बताउनुभयो । 

बैठकपछि राजपाका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले प्रमुख तीन दलले निर्वाचनपछि संविधान संसोधन गर्न आफूहरु तयार रहेको भन्दै अहिले निर्वाचनमा आउन आग्रह गरेको बताउनुभयो । माग सम्बोधन नभएसम्म निर्वाचनमा आउन नसक्ने जवाफ आफूहरुले दिएको र थप छलफल गर्ने गरी आजको बैठक टुङ्गिएको उहाँले बताउनुभयो । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राजपाका संयोजक महन्त ठाकुरलगायतका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको