Like us!
Follow us!
Connect us!
Watch us!

एक्विजिशनका लागि सिटिजन्स बैंकले तोक्यो बुक क्लोज मिति

अर्थ संसार

बुधबार, १६ असार २०७८, ११ : २८ मा प्रकाशित

एक्विजिशनका लागि सिटिजन्स बैंकले तोक्यो बुक क्लोज मिति

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ ।

बैंककाे हिजाे (असार १५ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनका लागि असार २४ गते, एक दिन बुकक्लोज गर्ने निर्णय गरेकाे हाे । 

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम सिटिजन्स  बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा जेठ १० गते, साेमबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियाे । 

दुवै कम्पनीकाे जेठ २७ गते सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । प्राप्तिपश्चात सिर्जना फाइनान्सको १०० कित्ता सेयर हुनेले सिटिजन्स बैंकको ९५ कित्ता सेयर पाउनेछन् । त्यस्तै, प्राप्तिपश्चात बैंकको चुक्तापूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

60dc07a350719.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको