Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको ९.९९% घर कर्जा योजना सार्वजनिक

अर्थ संसार

आइतबार, २० फागुन २०८०, ०८ : १० मा प्रकाशित

सिटिजन्स बैंकको ९.९९% घर कर्जा योजना सार्वजनिक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई  'सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार' भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि ९.९९% मा घर कर्जा योजना सार्वजनिक गरको छ ।

७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १%  बढी को प्रिमियम दर लागु हुनेछ । कर्जा रकमको ०.५० % व्यवस्थापन शुल्क लाग्नेछ । 

घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ । 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको