Like us!
Follow us!
Connect us!
Watch us!

सि.बि.आई.एल. सेक्युरिटिजको प्रथम वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

सोमबार, ०१ माघ २०८०, १४ : ०० मा प्रकाशित

सि.बि.आई.एल. सेक्युरिटिजको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड को साहयक कम्पनी सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेड को प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २८ गते शनिबार सि.बि.आई.एल. सेक्युरिटिजको कार्यालय परिसर कुपण्डोलमा सम्पन्न भएको हो ।

सभा कम्पनीको संचालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

सो साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्विकृत भएको छ । साथै कम्पनीको संचालक समितिमा चार जना संचालकहरु रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सिजु शाक्य, र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पूर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको