Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको अवितरित हकप्रद भर्ने आज अन्तिम मौका

अर्थ संसार

बुधबार, १६ असार २०७८, ११ : ४० मा प्रकाशित

अरुण भ्यालीको अवितरित हकप्रद भर्ने आज अन्तिम मौका

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार ९ गते, बुधबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे सेयरमा आवेदन दिने आज (असार १६ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८ सय ९४ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।  उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले आज (असार १६ गते, बुधबार) सम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तपुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरी–इलाम, पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथली, काठमाडौंबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको