Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकार राजनीतितर्फ आकर्षित , पाँचजना  चुनावी प्रतिस्पर्धामा

सोमबार, १५ जेठ २०७४, १४ : २८ मा प्रकाशित

पत्रकार राजनीतितर्फ आकर्षित , पाँचजना  चुनावी प्रतिस्पर्धामा

अर्थ संसार,

तुलसीपुर (दाङ) - आसन्न स्थानीय तहको निर्वाचनमा दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

यसरी चुनावी प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुमध्ये तीनजनाले नेपाली काँग्रेस र दुईजनाले नेकपा ९एमाले०बाट चुनाव लड्दै छन् । 

प्राप्त विवरणअनुसार काँग्रेसबाट चुनावी मैदानमा उत्रिएका पत्रकारहरु सुरेश श्रेष्ठ न्यूज २४ टिभीका समाचारदाता हुन् भने सुवास डिसी रेडियो सञ्जीवनी र प्रकाश डाँगी रेडियो तुलसीपुरमा कार्यरत छन् । 

श्रेष्ठले तुलसीपुर उपमहानगरपालिका–५ बाट वडा सदस्य पदमा, डिसी तुलसीपुर उपमहानगरपालिका–११ बाट वडा सदस्य र डाँगी दङ्गीशरण गाउँपालिका–२ को वडा सदस्यमा चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

त्यसैगरी एमालेबाट तुलसीपुर उपमहानगरपालिका–९ को वडाध्यक्ष पदमा पत्रकार सङ्गीत बस्याल र सोही उपनगरपालिका–६ को वडा सदस्य पदमा दुर्जमान भण्डारी चुनावी प्रतिपर्धामा रहेका छन् । दुवैजना रेडियो प्रकृति एमफम, तुलसीपुरमा कार्यरत छन् । 

रेडियो प्रकृतिका स्टेसन म्यानेजरसमेत रहेका बस्यालले यसअघि नै पत्रकारिता त्यागेको घोषणा गरिसकेका छन् भने अन्य चारजनाले भने पत्रकारिता त्यागेको औपचारिक घोेषणा गरेका छन् । 

दलहरुले उम्मेदवार बनाएका पत्रकारहरु अहिले आ–आफ्नो पक्षमा मत माग्न मतदातासँग पुगेका छन् । उनीहरुले घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको