Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट खाता नविकरण गर्न यी ३ क्यापिटलकाे आग्रह

अर्थ संसार

आइतबार, २० असार २०७८, ११ : ०८ मा प्रकाशित

डिम्याट खाता नविकरण गर्न यी ३ क्यापिटलकाे आग्रह

विभिन्न ३ वटा क्यापिटलहरूले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेका छन् । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडले  आज (असार २० गते, आइतबार) एक सूचना प्रकाशन गर्दै आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेका हुन् । 

यी कम्पनीहरू मार्फत डिम्याट खाता खाेलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएकाे हाे । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गरिनेछ ।

हितग्राहीहरुले आफूले खाता खाेलेका कम्पनीकाे आफूलाई पायक पर्ने नजिकैकाे शाखा कार्यालयहरू तथा कनेक्ट आइपीएस, इ - सेवा, खल्ती वालेट, आइएमइ पे र प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन् । 

त्यसैगरी, मेरो सेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुनेछ ।

क्यापिटलहरूले प्रकाशन गरेका सूचना यस प्रकारकाे छ :

60e147b084b79.jpg 60e1482114f33.jpg 60e148280e2cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको