Like us!
Follow us!
Connect us!
Watch us!

६० लाख नाघे डिम्याट खाता, ३५ लाख बढी सक्रिय मेरोसेयर प्रयोगकर्ता

अर्थ संसार

शुक्रबार, ०८ मंसिर २०८०, १३ : १४ मा प्रकाशित

६० लाख नाघे डिम्याट खाता, ३५ लाख बढी सक्रिय मेरोसेयर प्रयोगकर्ता

देशभरी डिम्याट खाताको संख्या ६० लाख नाघेको छ ।

सिडिएससीको पछिल्लो तथ्यांक अनुसार हालसम्म ६० लाख तीन हजार सात सय १३ डिम्याट खाताहरु खुलिसकेका छन् । यो भनेको कुल जनसंख्याको करिब २० प्रतिशत संख्या हो । यसैगरी मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख ५९ हजार एक सय १५ पुगेको छ जसमध्ये ३५ लाख ४२ हजार ४२ जना सक्रिय मेरोसेयर प्रयोगकर्ता रहेका छन् ।

अनलाइनमार्फत नै सेयर कारोबार, राफसाफ लगायत सुविधा पाइने हुँदा मेरोसेयर र डिम्याट खाता खोल्नेको संख्या लगातार बढिरहेको छ । पहिले सेयर कारोबार पछि भौतिक रुपमा डिआइएस सेयर राफसाफ हुने गरेकोमा अहिले अनिवार्य इडिआइएसमार्फत अनलाइन राफसाफ हुने हुँदा सेयर कारोबार गर्न मेरो सेयर भने अनिवार्य नै रहेको छ ।

यसैगरी सिडिएससीको डिपोजिटरी सदस्यता लिने १०७ कम्पनी रहेका छन् सि आस्वामा रजिस्टर्ड ४३ बैंकमार्फत आइपिओ भर्न सकिन्छ । डिम्याट खातामा रहेका सेयरको संख्या भने साढे ११ अर्ब भन्दा बढी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको