Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सले आजबाट लाभांश पठाउने, तपाईंकाे खाता ठिक छ ?

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, १२ : ३६ मा प्रकाशित

सेन्ट्रल फाइनान्सले आजबाट लाभांश पठाउने, तपाईंकाे खाता ठिक छ ?

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले आजदेखि (माघ ११ गते, मंगलबार) आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएकाे छ ।

कम्पनीकाे पाैष ३० गते, सम्पन्न भएकाे पच्चीसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ३.३० प्रतिशतका दरले नगद लाभांश बुकक्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे हितग्राही खातामा अद्यावधिक भएकाे बैंक खातामा आजदेखि जम्मा गरिने कम्पनीले जनाएकाे छ । 

कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । धिताे राखेकाे सेयरकाे हकमा भने सम्बन्धित संस्थाबाट No Objection Letter प्राप्त भएपछि मात्र लाभांश पठाइनेछ । 

साथै, साधारण सभाबाट पारित भएकाे ७.७० प्रतिशत बाेनस सेयर सूचीकरण भएपश्चात् सम्बन्धित शेयरधनीकाे खातामा जम्मा गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । 

त्यसैगरी, कम्पनीकाे सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61ef9e8854516.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको