Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमै उत्पादन सुरू भयाे ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर

अर्थ संसार

विहीबार, २४ असार २०७८, १६ : ३७ मा प्रकाशित

नेपालमै उत्पादन सुरू भयाे ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर

निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायरले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायर उत्पादन गरेर बजारमा उपलब्ध गराएको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथी टायर राखिएको छ । 

रियर टायर भनिने ट्रयाक्टरको पछिल्लो भागमा प्रयोग गर्न सकिने उक्त टायर कृषि क्षेत्रमा प्रयोग हुने पहिलो नेपाली टायर समेत हो । नेपालको कठिन सडक तथा भौगोलिक संरचनाको हिसाबले तयार गरिएकोले सो टायर नेपाली माटो तथा बाटोलाई सुहाउने कम्पनीको दावी छ । 

सो टायरमा ताप प्रतिरोधी क्षमता रहेको छ भने पन्चर सुरक्षाको लागि थ्रेडको बीचमा अतिरिक्त रबर प्रयोग गरिएको छ । कुल २० वटा गोटी रहेको र हाई एनएसडी सहित उत्कृष्ट ट्रयाक्सनयुक्त टायर भएकोले यसले राम्रो उत्पादकत्व दिने बताइएको छ । 

हाल यो टायर १३.६–२८ को साइजमा बजारमा उपलब्ध छ । आगामी केही दिनमा अन्य साइजका एग्रिकल्चर टायर समेत बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले बताएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको