टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार थाइल्यान्डबाट पक्राउ परेकी अधिकारीलाई राति नै काठमाडौं ल्याइएको हो ।
उनलाई शनिबार राति नेपाल ल्याइएकाे र अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । उनी अन्तर्राष्ट्रिय प्रहरी सन्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी हुन् । उनीविरुद्ध जिल्ला अदालत, ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा विचाराधीन छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस