अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर अन्तिम नै भएको बताएका छन् । यस्तो कारोबारमा उच्च दरमा कर बढाएपछि वाग्लेले लगानीकर्ताको मागअनुसार अन्तिम कर कायम गरेको औंल्याउन खोजेका छन् ।
सरकारले आगामी आवका लागि गत शुक्रबार २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट ल्याएको थियो । बजेटबारे जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पुँजीगत लाभकरमा लाग्ने कर अन्तिम भएको बताए । बजेटमा सरकारले अल्पकालिन सेयर कारोबारमा १० प्रतिशत र दीर्घकालिन कारोबारमा ७.५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । यसअघि यो क्रमशः ७.५ प्रतिशत र ५ प्रतिशत थियो ।
‘पहिला कर दोब्बर बनाउनु तर अन्तिम कर बढाउनु भनेर लाइन लाग्नु भयो । भारतमा अल्पकालिनलाई २० र दीर्घकालिनलाई १० प्रतिशतको दर छ । नेपालमा पनि सोही अनुसार बनाउन भनिएको थियो । तर, हामीले १० प्रतिशत र ७।५ प्रतिशत बनायौं,’ वाग्लेले भने, ‘अब त्यो नै अन्तिम हो । यसमा ढुक्क भए हुन्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस