Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीले मात्रै सानिमा जिआईसीको लाभांश पाउने

अर्थ संसार

मंगलबार, २२ बैशाख २०८३, ०७ : २५ मा प्रकाशित

आजसम्म कायम सेयरधनीले मात्रै सानिमा जिआईसीको लाभांश पाउने

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताका लागि आज वैशाख २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख २३ गतेदेखि नामावली बन्द गर्ने निर्णय गरेकाले आजसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।

कम्पनीले आगामी जेठ ६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पेश गरिनेछ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसअनुसार सेयरधनीले कुल ५.२६३२ प्रतिशत लाभांश प्राप्त गर्नेछन् ।

प्रस्तावित लाभांश साधारणसभाबाट अनुमोदन भएपछि मात्रै लगानीकर्तामा वितरण गरिने कम्पनीले जनाएको छ ।

हाल सानिमा जिआईसी इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको