Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करीको ठूलो माछा पक्राउ

मंगलबार, १६ जेठ २०७४, १४ : ३५ मा प्रकाशित

सुन तस्करीको ठूलो माछा पक्राउ

अर्थ संसार, काठमाडौँ-  साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 

कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो । 

साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ स्थलमा बसी सुन सङ्कलन गरिरहेका अवस्थामा दुवैलाई सुनसहित पक्राउ गरिएको हो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको