Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्ने तयारीमा सरकार

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, १३ : ५२ मा प्रकाशित

अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्ने तयारीमा सरकार

देशको अर्थतन्त्रको अवस्था र भविष्यमा चाल्नुपर्ने कदमहरूलाई समेटी सरकारले केही दिनभित्रै स्वेतपत्र जारी गर्ने भएकाे छ ।

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले सरकारले केही दिनभित्रै अर्थतन्त्रका बारे स्वेतपत्र जारी गर्ने भएकाे जानकारी दिएका हुन् । स्वेतपत्रले हालको मुलुकको अर्थतन्त्रको विस्तृत अवस्था चित्रण गर्दछ ।

यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले पनि स्वेतपत्र जारी गरेका थिए।

यसका साथै, कार्यक्रममा बाेल्दै उनले पुँजीबजार राजश्वको मूल स्रोत रहेको बताउँदै आफू सँधै पुँजी बजारकाे हितमा काम गर्न तत्पर रहने बताएका छन् । आगामी मौद्रिक नीतिमा पनि पुँजी बजार र लगानीकर्ताहरूका केही मागहरू समेटिने उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको