अर्थ संसार,
काठमाडौँ- लामो समयसम्म भरतपुरमा मतपत्र च्यातिएको विषयमा मौन रहँदै आएको सरकार र माओवादी नेतृत्वले आज मुख खोलेको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहालले आज सिंहदारबारमा आयोजित माओवादी केन्द्रको संसदीय दलको बैठकमा भरतपुरमा मतपत्र च्यात्ने जो कोहीलाई पनि कानुनअनुसार कारवाही गर्न आफूले निर्देशन दिएको बताए ।
भरतपुर महानगरको मतपत्र च्यातिएको विषयमा माओवादी केन्द्र र नेकपा(एमाले)का कार्यकर्ताबीच आरोप प्रत्यारोप चलीरहेको छ । एकले अर्कोलाई दोष लगाएका छन् ।
प्रधानमन्त्रीले मतपत्र च्यात्ने कार्य जायज नभएको भन्दै कानुन हातमा लिने जोकोहीलाई कारवाही गरिन्छ, सरकारले कसैलाई छुट दिन नसक्ने बताए ।
मतपत्र च्यातिएपछि विगत तीन देखि भरतपुर महानगरको मतगणना कार्य स्थगित हुँदै आएको छ । मतगणना पुनः सुरु गर्ने कि पुनः मतदान गर्ने भन्ने बारेमा दलहरुबीच विवाद हुँदै आएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रले पुनः मतदान गर्नुपर्ने माग गरेका छन् भने एमालले मतगणना गर्नुपर्ने माग गरेको छ ।
प्रधानमन्त्रीले निर्वाचन आयोगलाई कानुनअनुसार प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको समेत संसदीय दलको बैठकमा जानकारी दिए । उनले सरकारले राम्रो काम गरेको भएपनि प्रचार पूसार नहुँदा जनताको माझमा पुगन नसकेको भन्दै सांसदहरुलाई जनतामा गएर सरकारको राम्रो कामको प्रचार गर्न निर्देशन समेत दिए ।
अरुले पिठो बेचे, गलत कुरालाई प्रचार गरेर सत्य सावित बनाउने प्रयत्न गरे तर हामीले चामल पनि बेच्न सकेनौ, अब चामल र पिठोको भेद खुल्नुपर्छ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै माओवादकिा एक नेतालेभ ने सरकारको राम्रो कामको प्रचार गर्नुस् ।
दोस्रो तहको निर्वाचनमा मत परिणाम राम्रो आउनुपर्छ । उनले काँग्रेस नेतृत्वको सरकार सहमतीय बन्न नसक्ने भएकाले बहुमति प्रक्रियाबाटै सरकार बन्ने र त्यसमा आफ्नो पार्टीले सहयोग गर्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस