Like us!
Follow us!
Connect us!
Watch us!

सय जना मन्त्री बन्न खोजेपछि सरकार नबन्दै देउवा तनावमा

बुधबार, १७ जेठ २०७४, १५ : ३८ मा प्रकाशित

सय जना मन्त्री बन्न खोजेपछि सरकार नबन्दै देउवा तनावमा


अर्थ संसार, 
काठामाडौँ– प्रधानमन्त्रीको सपथ नलिदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समस्याको चक्रव्यूहमा फसेका छन् । उनलाई समस्या पार्नेमा बाह्य कारण भन्दा आन्तरिक कारण नै बढी रहेको छ । मन्त्री पद खान दौरा सुरुवाल सिलाएर बसेका काँग्रेसका सांसदका कारण देउवा संकटमा परेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकारका लागि दिएको समयसीमा आज सकिन लागेको सन्दर्भमा भोलिदेखि बहुमतीय प्रक्रिया सुरु हुन लागेको छ । सहमतिका लागि प्रयास र पहल नभएपछि सरकार गठनको प्रक्रिया बहुमततिर अगाडि बढेको हो । काँग्रेसभित्र नै मन्त्रीका लागि आकाक्षीहरुको लाम र भीड बढेपछि कसलाई मनत्री बनाउने र कसलाई नबनाउने भन्नेमा देउवा बढो समस्यामा परेका हुन् । 
मन्त्री हुनका लागि काँग्रेसभित्र यतिखेर एक सय भन्दा बढीले इच्छा व्यक्त गरेपछि देउवालाई कम्तीमा दश मन्त्री छान्न सकस भएको हो । पार्टी भित्र प्रतिपक्षका रुपमा रहेका रामचन्द्र पौडेल गुटले आफूहरुलाई स्मानजनक रुपमा स्थान नदिए समस्यामा पार्ने चेतावनी दिएका छन् । यस्तै खुमबहादुर खड्काले समेत वन मन्त्री रहेका शंकर भण्डारीलाई मन्त्रीमा पुनः दोहो¥याउन दबाव दिउका छन् । 
पूर्व महामन्त्री समेत रहेका कृष्णप्रसाद सिटौलो पनि उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मनत्रालय आफूले पाउनुपर्ने शर्त राखेका छन् । गृहमन्त्री रहेका विमलेन्द्र निधिले पनि आफू गृहमन्त्रीमा नैर रहन पाउनुपर्ने अडान देउवा समक्ष राखेका छन् । गृहमन्त्रीमा उनको दोहोरिने सम्भावना भने कम रहेको छ । विभिन्न राजनीतिक घटनाक्रममा निधिको भूमिका प्रभावकारी नभएको भन्दै काँग्रेस भित्र नै उनको आलोचना भएको छ । 
मन्त्री पदमा बस्नेको लर्को बढेपछि देउवाले पार्टीको पदाधिकारी विस्तार र मन्त्री मण्डलमा राख्ने सदस्यका बारेमा उकै पटक निर्णय गर्ने तयारी गरेको बुझिएको छ । यस्तै सरकारको अर्को महत्वपूर्ण घटक नेकपा(माओवादी केन्द्र)ले भने देया नेतृत्वको सरकारमा कम्तीमा पनि दश मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । प्रधानमनत्री नै माओवादीको रहँदा काँग्रेसको आग्रहमा सात मन्त्रालय लिइएको हो, अहिले प्रधानमनत्री काँग्रेसलाई दिएपछि त कम्तीमा पनि दश मन्त्रालय हाम्रो हुनुपर्छ भन्ने माग छ, माओवादीका एक नेताले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको