अर्थ संसार, काठमाडा– भरतपुर महानगरमा मतगणना कार्य रोकिएको भन्दै नेकपा(एमाले)ले आजको संसद् बैठक अवरोध गरेको छ । एमालले चेतावनी दिएको मतगणना सुरु नभए अब सडकबाटै नै देवी ज्ञवालीलाई महानगरको प्रमुख घोषणा गरिनेछ ।
मतपत्र च्यातिएको विषयलाई लिएर मतगणना कार्य स्थगित भएको विषयलाई लिएर एमालले संसद्मा अवरोध मात्रै गरेन सडकबाट नै विजयी घोषणा गर्ने घोषणा गरेपछि संसद काम विहिन भएको हो ।
संसद्को बैठक सुरु हुने वित्तिकै एमाले नेता सुरेन्द्र पाण्डेले भरतपुरमा तत्काल मतगणना कार्य सुरु गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए । उनले मतगण्ना नभए आफुहरुले सडकबाटै विजयी घोषणा गर्ने चेतावनी दिए । निर्वाचन आयोगले भने छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया अगाडि बढाउने बताएको छ ।
आयोगले गठन गरेको छानबिन समितिको प्रतिवेदनलाई स्वीकार नगर्ने भन्दै एमालले आयोगका आयुक्तलाई नै भरतपुर जान आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले कोही कसैको आग्रह वा दबावमा काम नगर्ने र आफ्नो निर्णय गर्ने बताएका छन् । मतपत्र च्यातिएको विषयलाई लिएर काँग्रेस माओवादी केन्द्र र एमालेबीच चर्को आरोप प्रतयारोप चलीरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस