अर्थ संसार, काठमाडौँ- भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालले खरिद गरिरहेको विजुलीको मूल्य घटाइदिन विहारका मुख्य मन्त्री नितिशकुमारसँग आग्रह गरेका छन् ।
राजदूत उपाध्यायले आज मुख्यमनत्री नितिशसँग भेटवार्ता गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणले विहार सरकारबाट खरिद गरिरहेको विजुलीको मूल्य ६.५० पैसाको हाराहारीमा रहेको छ ।
यसै वर्षबाट विद्युत्को महसुल बढेर प्रतियुनिट रु सात पुगने भएपछि राजदूत उपाध्यायले महसुल घटाउन मुख्यमन्त्रीसँग आग्रह गरेका हुन् ।
प्राधिकरणले भारतको केन्द्रीय विद्युत् व्यापारसँग खरिद गरिरहेको विद्युत्को महसुल तीन रुपैया ४० पैसा भारतीय रहेको छ ।
ढल्केबर मजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट आयात भइरहेको विद्युत्को भाऊ भन्दा विहार सरकारसँग खरिद गरिरहेको विद्युत्को महसुल बढी हुनु स्वभाविक नभएको भन्दै राजदूत उपाध्यायले तत्काल मूल्य घटाउन र थप विद्युत् उपलब्ध गराइदिन आग्रह गरेको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
उज्यालो नेपाल अभियानलाई साकार बनाउन भारतले गरेको सहयोगको प्रशंसा गर्दै राजदूत उपाध्यायले थप विद्युत् उपलब्ध भए तराई मधेसमा रहेका औद्योगिक कोरिडोरको समेत लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने बताउका थिए ।
प्राधिकरणले हाल भारतबबाट ३६५ मेगावाट विद्युत् आयात गरिरहेको छ । नेपाल र भारतका सीमा क्षेत्रका विभिन्न स्थानबाट नेपालले हाल नियमित रुपमा विद्युत् आयात गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस