अर्थ संसार, काठमाडौँ– स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई लिएर बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका मधेसवादी दल अन्ततः गलेका छन् ।
भारतीय राजदूतको चर्को दबाव र आन्तरिक रुपमा पनि निर्वाचनमा भाग लिनुपर्ने जनमत बढेपछि राष्ट्रिय जनता पार्टीले भोलि र पर्सीका लागि घोषणा गरेको न्दलगायतका कार्यक्रम फिर्ता लिएको हो ।
आफुहरुको मागको कुनै सम्बोधन नभएको भन्दै राजपा नेपालले भोलि मशाल जुजुश र पर्सी नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको थियो ।
सरकारले पटक पटक गरेको वार्ता र सम्वादको प्रयासलाई लत्याएर मधेसवादी दलले आन्दोलनको कार्यक्रम घोषणा गरेको भन्दै चौतर्फी विरोध भएको थियो ।
संविधान कार्यान्वयनको महत्वपूर्ण आधारको रुपमा रहेको स्थानीय तहको निर्वाचनलाई असफल बनाउने उद्देश्यका साथ राजपाले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको पहिलो चरणको निर्वाचन शान्दार रुपमा सम्पन्न भएपछि दोस्रो तहको निर्वाचन पनि कहिले होला भनेर चुनाव नभएका स्थानका जनता निर्वाचनको प्रतिक्षामा रहेका छन् ।
निर्वाचनको समयमा आन्दोलनको कार्यक्रम घोषणा गरिनु पूर्णत गलत भएको भन्दै मोर्चा भित्रै पनि विरोध भएको सन्दर्भ र सरकारले पनि निर्वाचनको नयाँ मिति आगामी असार १४ गतेलाई तय गरी नयाँ कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा आन्दोलनको कार्यक्रम स्थगत गरिएको राजपाका नेता केशव झाले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस