Like us!
Follow us!
Connect us!
Watch us!

गत आर्थिक बर्षमा बीमा कम्पनीहरूको बीमा शुल्क २९ प्रतिशतले बढ्यो

पत्रपत्रिका

शुक्रबार, ०८ साउन २०७८, ०८ : ०० मा प्रकाशित

गत आर्थिक बर्षमा बीमा कम्पनीहरूको बीमा शुल्क २९ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७७/७८ मा कुल बीमा शुल्कमा वृद्धि भएको छ । गत आवमा बीमा कम्पनीहरूबाट एक खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमा शुल्क सङ्कलन भएको छ ।

जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीबाट बीमा समितिलाई उपलब्ध  गराएको जानकारी अनुसार जीवन बीमा कम्पनीहरूबाट एक खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपियाँ र निर्जीवन बीमा कम्पनीहरूबाट ३० अर्ब ९० करोड ६८ लाख सङ्कलन  भएको  हो ।

यो अघिल्लो आव २०७६/७७ को तुलनामा २८.७२ प्रतिशत र निर्जीवन बीमा शुल्कमा १५.३५ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै समीक्षा अवधिमा जीवन बीमातर्फ १५ हजार ९४६ वटा बीमालेखको जम्मा दुई अर्ब २५ करोड दुई लाख र निर्जीवन बीमातर्फ ८६  हजार ४४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१  लाख बीमा माग दाबीको भुक्तानी दिन बाँकी रहेको बीमा कम्पनीहरूले जनाएका छन् । गत आवमा जीवन बीमातर्फ नौ अर्ब ८८ करोड १४ लाख बराबरको ६३ हजार ३३१ वटा बीमालेख व्यतित भएको बीमा समितिले जनाएको छ । 

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको