अर्थ संसार, काठमाडौँ - सहमतीय आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
सहमतीय प्रक्रियाका आधारमा कुनै पनि निर्णय नभएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्धानमन्बी बन्ने बाटो खुलेको छ । नेकपा९उमाले०ले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएपनि बहुमत नपुग्ने अवस्था देखिएको छ ।
देउवालाई नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र, विजय गच्छदार नेतृत्वको जनअधिकार फोरम नेपाललगायतका दलले समर्थन गर्ने जनाइसकेका छन् ।
देउवालाई पूर्ण रुपमा बहुमत जुटेको भएपनि एमालले संसद्मा अवरोध जारी राखेका कारण तत्काल नै प्रधानमन्त्री चयन हुने सम्भावना भने कम हुन पुगेको छ ।
राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आग्रह गर्नुभए पनि सो समयावधिभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेपछि बहुमतीय प्रक्रिया सुरु गर्न आज पुनः आग्रह गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई अनुरोध गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ – ‘नेपालको संविधानको धारा २९८ को उपधारा ९३० बमोजिम व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन आह्वान गरिएको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस