Like us!
Follow us!
Connect us!
Watch us!
देउवालाई काँग्रेस नेताले लगाए संगीन आरोप

पार्टीभित्र देउवाको भूमिका : पैसा र आफ्नालाई काख, राम्रालाई पाखा

शुक्रबार, १९ जेठ २०७४, १४ : २३ मा प्रकाशित

पार्टीभित्र देउवाको भूमिका :  पैसा र आफ्नालाई काख, राम्रालाई पाखा

अर्थ संसार, काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवम् वेइटिङ प्रधानमन्त्री शेरबहादुर देउवालाई सोही पार्टीका नेताहरुले स्थानीय तहको निर्वाचनमा राम्रालाई पाखा पारेर हाम्रालाई काखी च्यापेका कारण पार्टी पराजित भएको आरोप लगाएका छन् ।

काग्रेसमा चरम गुटबन्दी र गुट रहेको भन्दै ती नेताले देउवाको कार्यकाल समेत असफल हुने र सभापतिका रुपमा समेत उनी असफल भएको बताएका छन् ।सभापतिले नै चरम गुटबन्दी गरेको, स्थानीय तहको निर्वाचनको उम्मेदवार छनौटमा राम्रा भनद हाम्रा च्यापेको भन्दै आक्रोश मात्रै पोखेका छैनन्, यस्तै कार्यशैली भए काँग्रेस ठूलो समस्यामा पर्ने समेत बताएका छन् ।

सभापति देउवालाई नै भेटेर यसरी चेतावनी दिनेमा भ्रष्टाचारको आरोपमा जेल समेत परेका गोविन्दराज जोशी रहेका छन् । उनको संयोजकत्वमा रहेको विपी विचार राष्ट्रिय समाजले देउवालाई संगिन आरोप लगाएका हुन् ।

सर्वोच्चका प्रधानन्यायाधीश सुशीला कार्की प्रकरण, प्रहरी महानिरिक्षक प्रकरणलगायतमा काँग्रेस नेतृत्व नीति र सिद्धान्त विपरित गएको जोशीको आरोप छ । सो समाजले पार्टी नेतृत्व पैसामा बिकेको सबैभन्दा ठूलो संगीन आरोप लगाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको