अर्थ संसार, इलाम– आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका– १ मा एउटै पदका लागि सासूबुहारीको जुहारी चलेको छ ।
यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा ९एमाले० बाट सासू दिलमाया विक र नेकपा ९माओवादी केन्द्र०बाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन् । दुबैले आ–आफ्नो जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् ।
अहिले बुहारी चुनाव प्रचारपसारमा हिँडिरहेकी छिन् । ‘एउटै घरमा तीन÷चारवटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासू बुहारीनै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौँं,’ सीताले भन्नुभयो ।
एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परे पनि हामीबीच कुनै घरायसी समस्या नभएको दिलमाया बताउनुहुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस