Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक राजस्वका महानिर्देशक अख्तियारको हिरासतमा

शुक्रबार, १९ जेठ २०७४, १८ : २९ मा प्रकाशित

आन्तरिक राजस्वका महानिर्देशक अख्तियारको हिरासतमा

अर्थ संसार,  काठमाडौँ - कर निर्धारण सम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ । 

कर निर्धारणका विषयमा छलफल गर्न आयोगले आज महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो ।  आयोगका एक अधिकारीले महानिर्देशक शर्मा पक्राउ गरेको पुष्टि गर्नुभयो । 

ती अधिकारीले भन्नुभयो ‘ शर्मालाई आयोगले हिरासतमा राखेको छ । थप अनुसन्धान पछि मात्रै सबै विवरण सार्वजनिक गर्छौ’  कर फछ्र्यौट आयोग मार्फत विभिन्न व्यापारीलाई कर छुट दिएको भन्दै आयोगमा दर्जनौ उजुरी परेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको