Like us!
Follow us!
Connect us!
Watch us!

यसरी बन्ने भए देउवा प्रधानमन्त्री

शनिबार, २० जेठ २०७४, १२ : ३८ मा प्रकाशित

यसरी बन्ने भए देउवा प्रधानमन्त्री

अर्थ संसार, काठमाडौँ–नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
 
सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ । यस्तै समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी रहनुभएको छ ।
 
सभामुख ओनसरी घर्तीको आदेशबमोजिम संसद् सचिवालयले आज ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । भोलि जेठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।
 
मनोनयन अघिबसेको काँग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठकले सभापति देउवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । बैठकमा वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन, बाँकी निर्वाचनका पार्टीलाई अग्रता दिलाउने जिम्मेवारीसहित सभापति देउवालाई प्रस्ताव गर्नुभएको मुख्य सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
 
काँग्रेससँगको पूर्व सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले यही जेठ १० गते राजीनामा दिनुभएको थियो ।
 
प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले भने भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुचारु नभएसम्म प्रधानमन्त्री मनोनयन प्रक्रियामा भाग नदिने जनाएको छ । सो दलले भरतपुर घटनाबारे निर्णय नभएसम्म संसद् चल्न नदिने पनि जनाउँदै आएको छ ।

5932632ca8f0f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको