अर्थ संसार, काठमाडौँ - निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने भएको छ । आयोगको आज बसेको बैठकले सो वडाको सम्पूर्ण मत अवैध घोषित गरी पुनः मतदान गराउने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नयाँ निर्वाचनको मिति तोकेर मतदान गर्ने व्यवस्था गराउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
‘‘विभिन्न प्रतिवेदनको अध्ययन गर्दा मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध ओसषत गरी मतदान रद्द गर्ने’’ आयोगको निर्णयमा उल्लेख छ ।
भरतपुर महानगर वडा नं १९ मा ९० मत च्यातिएको फेला परेको थियो । आयोगको टोली र सहमहान्याधिवक्ता नेतृत्वको टोलीले दिएको प्रतिवेदनका आधारमा पुनः मतदान गराउने निर्णय गरेको हो ।
यस्तै आयोगले ‘मतदान रद्द गरिएको मतदान केन्द्रको मतदान हुने स्थान मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई दिने’ निर्णय गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस