Like us!
Follow us!
Connect us!
Watch us!

ओलीलाई भेट्न किन बालकोट पुगे देउवा ?

शनिबार, २० जेठ २०७४, १९ : ०८ मा प्रकाशित

ओलीलाई भेट्न किन बालकोट पुगे देउवा ?

अर्थ संसार,काठमाडौँ-  प्रधानमन्त्री पदमा उम्मेदवारी दिएका कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले पठाएको पत्र संसदमा नसुनाई सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री चुनावी कार्यक्रमको सूचना टाँसेर आइतबार चुनाव मिति तय गरेकी छिन् ।

प्रधानमन्त्री निर्वाचनको अघिल्लो दिन कांग्रेस सभापति देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

सरकार र सत्तासीन दलले भरतपुर महानगरपालिकामा मतपत्र च्यातेर पुन निर्वाचन गराउन निर्वाचन आयोगलाई दवाव दिएपछि एमालेले संसद अवरोध गर्दै आएको छ ।

संसद अवरोध भए पनि सभामुख घर्तीले संसद बाहिरै सूचना टाँस गरी प्रधानमन्त्री निर्वाचन तोकेकी छिन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको