Like us!
Follow us!
Connect us!
Watch us!

न्यायका लागि लड्न तयार छौँ : एमाले अध्यक्ष ओली

शनिबार, २० जेठ २०७४, १९ : ५३ मा प्रकाशित

न्यायका लागि लड्न तयार छौँ : एमाले अध्यक्ष ओली

अर्थ संसार, भक्तपुर– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा सत्तापक्षले गरेको अन्यायका विरुद्ध लड्न तयार रहेको बताउनुभएको छ । 

आज भक्तपुरको सूर्यविनायकमा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन तथा वनभोज कार्यक्रममा बोल्दै उहाँले न्यायका लागि जस्तोसुकै लडाइँ लड्न तयार रहेको बताउनुभएको हो । 

सरकारले निर्वाचन आयोगलाई दबाब दिएर पुनः निर्वाचन गराउने निर्णय गर्न बाध्य बनाएको बताउँदै उहाँले नेकपा ९एमाले०ले पुनः मतदानको निर्णयलाई स्वीकार नगर्ने बताउनुभयो । उहाँले च्यातिएका मतपत्रलाई बदर गर्दै गणना अगाडि बढाउन पुनः आग्रह गर्नुभयो । 


अध्यक्ष ओलीले प्रधानमन्त्रीको उम्मेदवारको मनोनयन संसद्लाई जानकारी नै नदिई बाहिर बाहिरबाटै गरिएको आरोप लगाउनुभयो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको