Like us!
Follow us!
Connect us!
Watch us!

आज प्रधानमन्त्री चयनका लागि निर्वाचन होला त ?

आइतबार, २१ जेठ २०७४, १२ : १६ मा प्रकाशित

आज प्रधानमन्त्री चयनका लागि निर्वाचन होला त ?

अर्थ संसार, काठमाडौं– आज मुलुकको ४० औं प्रधानमन्त्रीका लागि व्यस्थापिका संसदमा प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदैछ ।

सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ ।

यस्तै समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी रहनुभएको छ ।

प्रधानमन्त्री निर्वाचनमा कंग्रेस सभापति देउवालाई माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, अखण्ड नेपाल, समाजबादी जनता दल र अन्य गरि ३ सय ११ जना सांसदको सर्मथन छ । राजपा र राप्रपाले पनि कंग्रेसलाई समर्थन गर्ने सत्तारुढ दलहरुले दावी गरेका छन् । 

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले भने भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुचारु नभएसम्म प्रधानमन्त्री मनोनयन प्रक्रियामा भाग नदिने जनाएको छ । सो दलले भरतपुर घटनाबारे निर्णय नभएसम्म संसद् चल्न नदिने पनि जनाउँदै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको